वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय बनाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मिनी संसदको रुपमा रहेको प्रतिनिधिसभा अन्र्तरगतको विकास तथा प्रविधि समितिले सरकारलाई सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन निर्देशन दिएको छ ।

समितिको बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण र हुलाक सेवालाई प्रभावकारी, जनमुखी र जनताको भरपर्दो संस्थाका रुपमा विकास गर्न निर्देशन दिएको छ ।

समितिका सभापति कल्याणी कुमारीको अध्यक्षतामा बसेको बैठकमा सांसद टेकबहादुर बस्नेत, गणेश पहाडी, रामबहादुर विष्ट, कमला रोका, इन्दु शर्मा, आशाकुमारी विक, मीनाकुमारी सुब्बा, रङ्गमती शाही, जिपछिरिङ लामा, यज्ञराज सुनुवार र महेन्द्रराय यादवले आआफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त हुनुभएका अध्यक्ष दिगम्बर झाको नियुुक्ति,श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, हुलाक सेवाको वैज्ञानिक व्यवस्थापन र बनेपास्थित सूचना प्रविधि पार्कको सञ्चालन गर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हालसम्म २४० दूरसञ्चार टावर निर्माण भइसकेको, १६ हजार अश्लील तथा छाडा अनलाइन साइट बन्द गरिएको र श्रमजीवी पत्रकारको तलब वृद्धि गरिएको समितिलाई जानकारी दिनुभयो ।

उहाँले आगामी दुई वर्षमा सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रुत गतिको इन्टरनेट सेवा पु¥याउने र आउँदो दुई महीनाभित्र पत्रकार वृत्तिकोषमा पाँच करोड रकम जम्मा गरिसकिने पनि बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया