असार १२, २०८३ शुक्रबार June 26, 2026

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय बनाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मिनी संसदको रुपमा रहेको प्रतिनिधिसभा अन्र्तरगतको विकास तथा प्रविधि समितिले सरकारलाई सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन निर्देशन दिएको छ ।

समितिको बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण र हुलाक सेवालाई प्रभावकारी, जनमुखी र जनताको भरपर्दो संस्थाका रुपमा विकास गर्न निर्देशन दिएको छ ।

समितिका सभापति कल्याणी कुमारीको अध्यक्षतामा बसेको बैठकमा सांसद टेकबहादुर बस्नेत, गणेश पहाडी, रामबहादुर विष्ट, कमला रोका, इन्दु शर्मा, आशाकुमारी विक, मीनाकुमारी सुब्बा, रङ्गमती शाही, जिपछिरिङ लामा, यज्ञराज सुनुवार र महेन्द्रराय यादवले आआफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त हुनुभएका अध्यक्ष दिगम्बर झाको नियुुक्ति,श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, हुलाक सेवाको वैज्ञानिक व्यवस्थापन र बनेपास्थित सूचना प्रविधि पार्कको सञ्चालन गर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हालसम्म २४० दूरसञ्चार टावर निर्माण भइसकेको, १६ हजार अश्लील तथा छाडा अनलाइन साइट बन्द गरिएको र श्रमजीवी पत्रकारको तलब वृद्धि गरिएको समितिलाई जानकारी दिनुभयो ।

उहाँले आगामी दुई वर्षमा सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रुत गतिको इन्टरनेट सेवा पु¥याउने र आउँदो दुई महीनाभित्र पत्रकार वृत्तिकोषमा पाँच करोड रकम जम्मा गरिसकिने पनि बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा को–को भए निर्वाचित ? (मतसहित)
२०८३ असार १२, शुक्रबार