पुष २२, २०८२ मंगलबार January 6, 2026

पीएम कपमा पुलिसको लगातार छैटौं जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।

कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्बाधिक ५० रन बनाएका थिए ।

लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।

यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
२०८२ पुष २३, बुधबार
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार