असोज १८, २०८३ आइतबार October 4, 2026

सुनौलीबाट उद्धार गरिएका युवकको भिरबाट हामफाल्दा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पर्वतमा भीरबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।

भारतबाट फर्केकाहरुलाई क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पवर्त कुश्मा–८ चुवा भन्ने ठाउँमा बागलुङ नगरपालिका वडा नम्बर १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले हाम फालेका हुन् ।

भारतदेखि फर्केर सुनौली नाका हुँदै रिजर्भमा आएको गाडी पर्वतको चुवा भन्ने ठाउँमा रोकिएको थियो । नेपाली गाडीबाट झरेर भिरमा गएर हाम फालेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन ।

‘पर्वत, बागलुङ र म्याग्दीका मानिसहरु मिलेर गाडी रिजर्भ गरेर आएका थिए । उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा लैजाँदे थियौं,’ उनले भने, ‘चुवामा गाडी रोकिएका बेला झरेर भिरमा गई नेपालीले एक्कासी हाम फालेछन् ।’

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका गरी १७ जना थिए । पर्वतको डिमुवामा केहीलाई झारेपछि बस बागलुङ र म्याग्दीका यात्रु लिएर जाँदै थियो । अप्ठेरो सडकका कारणले बस केही रोकिएको मौका छोपेर नेपालीले हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार