वैशाख २४, २०८१ सोमबार May 6, 2024

मुलुकभरको खानेपानी समस्या समाधान गर्न कार्यदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकभर बढ्दो खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालयले तदारुकता देखाएको छ । मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेषकार्यदल गठन गर्दै खानेपानी समस्या समाधानमा तदारुकता देखाएको हो ।

खानेपानीमन्त्रीबिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानीसम्बन्धी गुनासो एवं समस्या मागगरेको थियो । सोही गुनासो तथा मागमा केन्द्रीत रहेर मन्यालयले समाधानको पहल गर्नेबताइएको छ ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा बुधबार बसेकोबैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागको सम्बोधन गर्न छसदस्यीय कार्यदल गठन गरेको जनाइएको छ ।

मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियररामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलमा अर्थशास्त्री कमलकान्त पौडेल,इञ्जिनियर सुष्मा काफ्ले र सचिवालयका तर्फबाट प्रेस संयोजक शुकदेव चापागाईं, सुन्दरचौधरी एवं इन्द्रसिंह बुडाल रहनुभएको सचिव ठाकुरले जानकारी दिनुभयो ।

कार्यदललेमन्त्रालयमा आएका समस्या तथा गुनासालाई वर्गीकरण गरी समाधान गर्न सम्बन्धितनिकायलाई ताकेता गर्ने जनाइएको छ ।

मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचनाजारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टाभन्दाबढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासा माग गरेको थियो । सोहीसूचनाका आधारमा हजारौँ समस्या तथा माग मन्त्रालयले संकलन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार