श्रावण ३०, २०८३ शनिबार August 15, 2026

मुलुकभरको खानेपानी समस्या समाधान गर्न कार्यदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकभर बढ्दो खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालयले तदारुकता देखाएको छ । मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेषकार्यदल गठन गर्दै खानेपानी समस्या समाधानमा तदारुकता देखाएको हो ।

खानेपानीमन्त्रीबिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानीसम्बन्धी गुनासो एवं समस्या मागगरेको थियो । सोही गुनासो तथा मागमा केन्द्रीत रहेर मन्यालयले समाधानको पहल गर्नेबताइएको छ ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा बुधबार बसेकोबैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागको सम्बोधन गर्न छसदस्यीय कार्यदल गठन गरेको जनाइएको छ ।

मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियररामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलमा अर्थशास्त्री कमलकान्त पौडेल,इञ्जिनियर सुष्मा काफ्ले र सचिवालयका तर्फबाट प्रेस संयोजक शुकदेव चापागाईं, सुन्दरचौधरी एवं इन्द्रसिंह बुडाल रहनुभएको सचिव ठाकुरले जानकारी दिनुभयो ।

कार्यदललेमन्त्रालयमा आएका समस्या तथा गुनासालाई वर्गीकरण गरी समाधान गर्न सम्बन्धितनिकायलाई ताकेता गर्ने जनाइएको छ ।

मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचनाजारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टाभन्दाबढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासा माग गरेको थियो । सोहीसूचनाका आधारमा हजारौँ समस्या तथा माग मन्त्रालयले संकलन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार