चितवन । चितवनमा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना भाइरस (कोभिड –१९) संक्रमण पुष्टि भएको छ ।
अस्पतालले दिएको जानकारीअनुसार चितवनको कालिका नगरपालिका ३ का ३९ वर्षीय पुरुष, तनहुँको देवघाट गाउँपालिका ५ का २३ वर्षीय पुरुष छन् । यस्तै नवलपुरको गैंडाकोट नगरपालिका १ की ३३ र ५१ वर्षीया दुई महिला र गैंडाकोट नगरपालिका १२ की ५६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
मंगलबार भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा १२१ वटा नमुना परीक्षण गरिएकामा पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो । अन्य ११६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसैबीच मंगलबारै भरतपुर अस्पतालमा उपचारपछि २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरूमा १४ दिनपछि लक्षण नदेखिएकालाई टेस्ट नगरी डिस्चार्ज गर्न अस्पताललाई दिइएको निर्देशनका आधारमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया