असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय ४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण भारतमा एकै दिन ४ सय १७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय ४ पुगेको छ ।

भारतमा एकै दिन १८ हजार ३ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएको वर्ल्ड मिटरको तथ्याङकले जनाएको छ यसरी भारतमा कुल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ ।

संक्रमित मध्ये ३ लाख ३५ हजार २ सय ७२ जना उपचारपछि घर फर्केका छन् भने २ लाख १५ हजार ३ सया ६० जना उपचारगराइरहेका छन् ।जसमध्ये ८ हजार ९ सया ४४ जनाको अवस्था गम्भिर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया