भाद्र २९, २०८३ सोमबार September 14, 2026

को बन्ला २८ औैं प्रहरी महानिरिक्षकः एआईजीद्वय पाल र क्षेत्रीबीच कडा टक्कर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान २७ औं प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली यही २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो ।

धेरै वर्षपछि यसपटक प्रहरीको २८ औं  आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्ने भएका छन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए ।

ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल मुख्य प्रतिस्पर्धामा रहेका छन् । दुई एआइजीमध्ये एकजना  २८ औं महानिरीक्षक बन्नेछन् ।

नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् ।

हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् ।

प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् ।

उनले २ पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसअघि इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजी हुँदासमेत थापाले पटक पटक प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर अनुभव बटुलेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
आँसु थाम्दै बगरमा खोजतलास
२०८३ भाद्र २९, सोमबार
बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
२०८३ भाद्र २८, आइतबार