असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री कुर्दै बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवाशमा साँझ ७ बजेका लागि आईपुग्न मन्त्रीहरुलाई आमन्त्रण गरिएको एक मन्त्रीले बताए ।

एक मन्त्रीले दिएको जानकारीअनुसार उक्त बैठक औपचारिक भने होइन । सात बजेको बैठकका लागि भन्दै मन्त्रीहरु साँढे ६ बजे देखिनै बालुवाटार आएर पर्खिरहेका छन् ।

छलफलका लागि भनेर मात्र बालुवाटार बोलाइएको भएपनि ‘मन्त्रिपरिषद बैठक भनिएको छैन । यद्दपी प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सम्भबत शितलनिवाशबाट फर्किएपछी उक्त बैठक शूरु हुने बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया