असार २३, २०८२ सोमबार July 7, 2025

खानेपानी विभागका इन्जिनियरविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः तीन करोड १० लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायले तीन करोड १० लाख रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेन्चर खरिद, विभिन्न बैंकमा विभिन्न मितिमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खातामा रकम राखेको खुल्न आएको अख्तियारले जनाएको छ ।

अख्तियारले श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उपाध्याय सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राजपत्राङ्कित तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३ साल माघ ५ गते स्थायी नियुक्त हुनुभएकाे थियाे ।

विसं २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएर विभिन्न कार्यालय हुँदै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा दरबन्दी भइ क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहनुभएकाे अख्तियारले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार