असोज २६, २०८३ सोमबार October 12, 2026

मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस किन हटाए ?

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बारेको स्ट्याटस हटाउनुको कारण यस्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । एलोन मस्कले एक्समा पोष्ट गरेको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बारेको स्ट्याटस हटाएको विषय विवादित बनेको छ ।

मस्कले आफ्नो एक पोष्टमा राष्ट्रपति बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए । तर, पछि मस्कले आफ्नो सो पोष्ट हटाउदै यो मजाक मात्र भएको बताएका थिए ।

अमेरिकी गुप्तचर सेवाले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा एलोन मस्कको पोष्टबारे आफूलाई जानकारी रहेको बताएको छ ।

पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको खबरपछि मस्कले आइतबार यो पोष्ट गरेका थिए । मस्क ट्रम्पका कट्टर समर्थक हुन् र ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको चुनाव जितेमा उनलाई ट्रम्पले सरकारी दक्षता आयोगको जिम्मेवारी सुम्पिने आश्वासन दिएका छन् ।

मस्कको पोष्ट बारे प्रयोगकर्ताहरूले आलोचना पनि गरेका छन् । यसबाहेक, ह्वाइट हाउसले मस्कको पोस्टको बारे टिप्पणी गर्दै यस्तो बयान दिनु गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदी कति पुग्यो ?
२०८३ असोज २६, सोमबार
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
२०८३ असोज २६, सोमबार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
२०८३ असोज २६, सोमबार
धनगढी जाँदै गरेको बस नवलपरासीमा पल्टियो : घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै
२०८३ असोज २६, सोमबार
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार
नवरात्रको दोस्रो दिन: शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको लर्को
२०८३ असोज २६, सोमबार
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
२०८३ असोज २६, सोमबार