जेठ २२, २०८३ शुक्रबार June 5, 2026

उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी साथ आफ्नो टिम घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष ढकालले हिजो मंगलबार राजधानीमा आफ्नो समूहका अन्य उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आगामी तीन वर्ष शेखर गोल्छा नेतृत्व गर्ने वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छाले आफ्नो प्रतिस्पर्धी किशोर प्रधान समूहलाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै आफूहरूले आगामी चुनाव जितेर गोल्छाकै नेतृत्वको सारथी हुने बताए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले गोल्छालाई पनि आफूहरूले यसअघि महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वातावरण बनाउन खेलेको भूमिकालाई नभुल्न आग्रह गरे । आफूहरूले निर्वाचन जितेपछि महासंघलाई ठूला मात्र नभएर साना उद्योगीलाई पनि समेटेर अघि बढी साझा चौतारी बनाउन चाहेको बताए । उनले आगामी निर्वाचनमा आफ्नो समूहका व्यवसायीलाई जिताउन आमव्यवसायीलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आईएमई ग्रुपका अध्यक्ष ढकालको हाल बैंक तथा वित्तीय क्षेत्र, केबलकार, अटोमोबाइल्स र होटल-रिसोर्टमा ठूलो लगानी रहेको छ । उनले पछिल्ले समय मुलुकको पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूत पनि हुन् ।

हालको विधानअनुसार महासंघको आगामी नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नै गर्ने छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था विधानमा भएकाले आगामी निर्वाचनबाट गोल्छा महासंघको अध्यक्ष बन्नेछन् । त्यसैले अब आगामी निर्वाचनका लागि मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्ष पदमा नै केन्द्रित हुनेछ । वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधान चुनावी मैदानमा उत्रिँदै छन् । अहिले यी दुवै जना व्यवसायीले औपचारिक रूपमा आआफ्ना समूहबाट उम्मेदवारी घोषणा गरेर यतिबेला व्यावसायिक भेटघाट एवं फोन वार्तालाई तीव्र बनाउँदै आआफ्ना पक्षमा लबिङ गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार