कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको सत्य होइन : प्रवक्ता श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्ने सत्य नभएको बताएका छन् ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।लगत्तै ओली र प्रचण्डसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसको भोलिपल्ट प्रचण्डले पूर्व निर्धारित भेट नभई परिबन्दमा परेर पुगेको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
२०८३ कार्तिक ५, बिहिबार
पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
२०८३ कार्तिक ५, बिहिबार
युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार
२०८३ कार्तिक ५, बिहिबार
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार