कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

कोरोना भाइरस संक्रमण पुष्टि भएका १ जना जेष्ठ नागरिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः विश्व महामारी कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएका १ जना जेष्ठ नागरिकको गएराती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको छ।

सामान्य बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका महोत्तरीका ६० वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको राती निधन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।  मृतकको शव हाल महोत्तरी ल्याइएको छ। शव व्यवस्थापन स्थल तोकिएको छ प्रजिअ कटुवालले भने नेपाली सेनाको टोलीबाट शव ब्यवस्थापन हुन्छ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय जेष्ठ नागरिकको निधन भएको थियो। यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृतकको संख्या सात पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
२०८३ कार्तिक ५, बिहिबार
पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
२०८३ कार्तिक ५, बिहिबार
युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार
२०८३ कार्तिक ५, बिहिबार
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार