श्रावण १२, २०८३ मंगलबार July 28, 2026

हरिवंश आचार्यको गाईजात्रे गीत ‘तिमी केको जान्ने…’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यको गाईजात्रे गीत ‘तिमी केको जान्ने…’ सार्वजनिक गरेका छन् । नजिकिँदो गाईजात्रालाई मध्यनजर राख्दै नयाँ गाईजात्रे गीत उनले बिहीबार रिलिज गरेका हुन् ।

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा यो गीत तयार भएको छ । उनले गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा समसामयिक समस्यासँगै राजनीतिक व्यंग्य पनि छ । यो गीतमा भूपालमान सिंहको एरेन्ज रहेको छ ।

यो गीतको भिडियो सागरराज शर्माको निर्देशनमा तयार भएको छ । गीतको भावलाई भिडियोमा राम्ररी उतारिएको छ । गीतको भिडियोमा हरिवंश आचार्य आफैं केन्द्रीय पात्रका रूपमा छन् । भिडियोमा हरिवंशसँगै, शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुष्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर विसीलगायतको अभिनय छ ।

शशिकिरणको अवधारणामा भिडियो तयार भएको हो । हरि हुमागाईंको छायांकन रहेको गीतको भिडियो सुशील न्यौपानेको सम्पादन छ । गीतलाई पंकज अधिकारीले अंग्रेजी अनुवाद गरेका छन् । गीतको भिडियोमा विक्रम थापाको शृंगार रहेको छ । अहिलेको अवस्थामा खुलेर गाईजात्रा कार्यक्रम देखाउन नसकिने भएपछि आचार्यले गाईजात्रा गीत ल्याएका हुन् ।

भिडियोमा हेर्नुहोस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार