कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेविसंघका सबै मनोनित बदर गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 काठमाडौै । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पदाधिकारीले अघिल्लो मितिराखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिनुभयो ।

संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले सो निर्णय गरेको हो । संघको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो ।

कार्यसमितिको म्याद समाप्त भएपछि सङ्घका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिनुभएको थियो र सोही दिन राजीनामा स्वीकृत भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । यस विषयमा पार्टीको बैठकमा पक्ष र विपक्षका दुवै धारणा आएका छन् ।

यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटकपटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी फागुन १ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार