भाद्र ९, २०८३ मंगलबार August 25, 2026

विदुर नगरपालिकाले मोटरसाईकल किन्ने पैसाले एम्बुलेन्स किन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । विदुर नगरपालिकाको चौथो नगरसभाले वडामा एम्बुलेन्सको अति आवश्यक भएकाले मोटरसाइकल खरीदको रकमले एम्बुलेन्स किन्ने निर्णय गरेको छ ।

वडामा मोटरसाइकल किन्नका लागि आएको बजेटले नगरपालिकाले एम्बुलेन्स किन्ने प्रस्ताव गरेको रसो प्रस्ताव सर्वसमर्वत रुपमा सभाले स्वीकृत गरेको वडा नं ९ का अध्यक्ष सनी चित्रकारले जानकारी दिनुभयो । यस्तै सभाले पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ ।

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि पारित गरेको हो ।

विधेयक समितिका संयोजक तोयानाथ तिम्सिनाले प्रस्तुत गरेको विधेयकमा सभासदस्यको टिप्पणी सुझावसहित पारित गरिएको हो ।

नगर प्रमुख सञ्जु पण्डितको अध्यक्षतामा भएको नगरसभाले चालू आर्थिक वर्षका लागि पूरक बजेटसमेत पारित गरेको छ । उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको रु छ करोड ७१ लाखको पूरक बजेटसभाले पारित गरेको हो । नगरपालिकाको पुस

मसान्तसम्मको अर्धवार्षिक राजश्व आम्दानी रु सात करोड ३२ लाख ९५ हजार, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त निकासा आम्दानी रु ४१ करोड ७० लाख २० हजार रहेकोछ भने पुस मसान्तसम्मको खर्च २७ करोड ७६ लाख १३ हजार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार