भाद्र ९, २०८३ मंगलबार August 25, 2026

सञ्चालक परिषद्लाई सबै अधिकार, रेक्टर र रजिस्टार परिषद्बाट आउट

विज्ञको सल्लाहमा विश्वविद्यालय सञ्चालन गर्न शक्तिशाली विश्वविद्यालय सञ्चालक परिषद् गठन गर्ने अन्तिम तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चुनाव गराउने प्रमुख दायित्व बोकेको सरकारले विश्वविद्यालयलाई कमजोर बनाउने खेल सुरु गरेको छ । कुलपति एवं प्रधानमन्त्री सुशीला कार्की र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालका पदाधिकारीको अधिकारसमेत खोस्ने प्रपञ्च सुरु गर्नुभएको छ । शिक्षामन्त्री पुनले विज्ञको सल्लाहमा विश्वविद्यालय सञ्चालन गर्न शक्तिशाली विश्वविद्यालय सञ्चालक परिषद् गठन गर्ने अन्तिम तयारी गर्नुभएको छ ।

त्यसका लागि सबै विश्वविद्यालयको ऐन परिमार्जन गरी प्रस्ताव तयार गरेको छ । परिषद्बाटै कुलपछि छान्ने विधि तयार गरेको छ । नेपाल समाचारपत्रले प्राप्त गरेको मस्यौदामा सर्वोच्च निकाय परिषद् उल्लेख छ । संगठन संरचनाअनुसार सञ्चालक परिषद्, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अध्ययन संस्थान, सङ्काय, विभाग, आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पस, अनुसन्धान केन्द्र, स्कुल र अन्य निकाय उल्लेख छ । संगठन संरचनामा सेवा आयोग खारेज गरेको छ ।

त्यस्तै, पदाधिकारीहरूमा कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन, कार्यकारी निर्देशक, सहायक डीन, क्याम्पस (महाविद्यालय) प्रमुख र अध्य पदाधिकरी उल्लेख छ । पदाधिकारीको लिस्टबाट सहकुलपति र सेवा आयोगका अध्यक्ष पद खारेज गरेको छ ।

विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक विश्वविद्यालय सञ्चालक परिषद् रहनेछ । परिषदको अध्यक्ष कुलपति हुनेछ । परिषद्ले छनौट गरेको व्यक्ति कुलपति हुनेछ । कुलपतिको छनोट विधि परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ । कुलपतिले विश्वविद्यालय वा विश्वविद्यालयसँग सम्बन्धित जुनसुकै विषय वा क्रियाकलापमा निर्देशन दिन सक्नेछ ।

समितिको सदस्यमा सदस्यमा उपकुलपति, संघीय विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट एकजना, शिक्षा र अर्थ मन्त्रालयका सचिव, निवर्तमान उपकुलपति, पब्लिक क्याम्पसको तर्फबाट एकजना, प्राध्यापक, कर्मचारी र विद्यार्थीमध्ये एक–एकजना, ख्यातिप्राप्त शिक्षाविद, विज्ञ, विद्वान वा प्रतिष्ठित व्यक्तिसहित कम्तीमा दुईजना महिलासहित पाँचजना, विश्वविद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्ने चन्दादातामध्ये दुईजना र विदेश विश्वविद्यालयका प्राध्यापकमध्ये एकजना गरी १९ जना सदस्य रहने परिषद् गठन हुनेछ ।

मस्यौदामा त्रिवि सभाको सबै कामकारबाही परिषद्ले गर्नेछ । परिषद्मा शिक्षामन्त्री एवं सहकुलपति, रेक्टर, रजिस्टार, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान र विज्ञान प्रतिष्ठानका उपकुलपति, अध्ययन संस्थानका डीनहरू, अनुसन्धान संस्थानका कार्यकारी निर्देशकहरू, विभाग प्रमुखमध्येबाट ५ जना सदस्य रहने व्यवस्था हटाइएको छ ।

त्यस्तै, प्राध्यापक संघ क्याम्पस ईकाईको निर्णायक मण्डलले सिफारिस गरेका शिक्षक, विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पसका दुईजना, पत्रकारमध्येबाट एकजना, आंगिक क्याम्पस र क्याम्पसका प्रमुखमध्येबाट २ जना, नेपाल प्राध्यापक संघ, उद्योगपति र व्यापारीको कोटा खारेज भएको छ ।

स्रोतका अनुसार विश्वविद्यालयका मुख्य स्टेकहोल्डरलाई बाइपास गरी तयार भएको मस्यौदा उपकुलपतिहरू मान्न तयार छैनन् । मन्त्रीका केही विज्ञ सल्लाहकारको जोडबलमा तयार भएको मस्यौदामा मनपरी गरेको भन्दै विरोध सुरु भएको छ । दलीय प्रणालीमा दलको आस्था राख्ने प्राध्यापकलाई हटाएर स्वतन्त्र पदाधिकारी ल्याउने षडयन्त्र अनुसार मस्यौदा तयार भएको आशंका छ । गोप्य रूपमा मन्त्रालयका उच्च अधिकारीलाई जानकारी नदिई तयार भएको मस्यौदा तत्काल पारित गरी स्वतन्त्र भनिएका विज्ञलाई उपकुलपति बनाउन चलखेल सुरु भएको छ ।

सञ्चालक परिषद्मा पहिलो पटक मन्त्रीको संयोजकत्वमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षासचिव सदस्य रहने सिफारिस समितिको सिफारिसमा मन्त्रालयले मनोनयन गर्नेछ । परिषद्मा मनोनयन हुने सदस्यको पहिलो पटकको पदावधि गोला प्रथाबाट ५० प्रतिशत सदस्यको ४ र अन्यको दुई वर्ष हुने व्यवस्था छ । सदस्यको हकमा जुन पदको नाताले मनोनीत भएको हो सो पद समाप्त भएपछि सदस्यपद स्वत खारेज हुनेछ । ऐन परिमार्जिन भए त्रिवि सभा रहँदैन । सञ्चालक परिषद्ले नीति कार्यक्रम र बजेट पारित गर्ने काम गर्नेछ ।

प्रस्तावित मस्यौदामा परिषद्को बैठक वर्षको २ पटक बस्नेछ । आवश्यकताको आधारमा दुईपटक भन्दा बढी बस्न सक्नेछ । भने परिषद्को बैठक बस्न नसकेको अवस्थामा विश्वविद्यालय अनुदान आयोगले निर्देशन दिनसक्ने व्यवस्था गरेको छ । परिषद्को बैठकको अध्यक्षता कुलपतिले गर्नेछ । कुलपतिको चयन नगरेसम्म बैठकको अध्यक्षता परिषद्को जेष्ठ नागरिकले गर्ने व्यवस्था गरेको छ । कुलपतिको अनुपस्थितिमा उपकुलपतिले बैठक गर्ने व्यवस्था उल्लेख गरेको छ ।

परिषद्को अध्यक्षता गर्ने व्यक्तिले बैठकको निर्णय प्रमाणित गर्नेछ । बैठकको अन्य कार्यविधि परिषद्ले निर्धारण गरेबमोजिम हुनेछ भने शिक्षाध्यक्षले सचिवको काम गर्नेछ ।परिषद्ले विश्वविद्यालयलाई मार्गदर्शन गर्ने, नीति निर्धारण, विश्वविद्यालयअन्तर्गतका कुनै निकाय वा पदाधिकारीहरूलाई आवश्यक निर्देशन दिने, वार्षिक बजेट र कार्यक्रम स्वीकृत, दीर्घकालीन योजना स्वीकृत गर्ने, विश्वविद्यालयसम्बन्धी नियमहरू पारित गर्ने र आवश्यकताअनुसार विशेष समिति र आयोगको गठन प्रस्तावित ऐनको मस्यौदामा उल्लेख छ । नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार