श्रावण १०, २०८३ आइतबार July 26, 2026

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमति हिरादेवी ढकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ पुसः गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उहाँको पहिलो औपचारिक गीति कृति हो ।

भोजपुरको चरम्बिमा जन्मिनुभएका ढकालले शिक्षण पेसाबाट करिअर सुरु गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्रसेवा गर्नुभएको थियो । एल्बममार्फत उहाँले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक सुरुवात गर्नुभएको हो ।

एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमति हिरादेवी ढकाल रहनुभएको छ । कार्यक्रममा उहाँले गीतकार ढकालको साहित्यिक तथा सङ्गीत यात्राको सफलताको कामना गर्नुभयो । एल्बमको सम्पूर्ण संगीत शक्ति बल्लभले दिनुभएको छ ।

एल्बममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, सुमित खड्का र रचना रिमालको स्वरमा पाँच वटा गीत समावेश छन् । लोकार्पण कार्यक्रममा कवि तथा गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, कवि तथा गीतकार एवं नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइराला, पूर्वमन्त्री टङ्क ढकाललगायतको उपस्थिति थियो ।

पूर्वमन्त्री टङ्क ढकालले नेपाली साहित्य र प्रतिभाको विकास आवश्यक रहेको उल्लेख गर्दै ‘हिमाली सुस्केरा’ले साहित्यिक इतिहासमा अर्को इँटा थपेको बताउनुभयो । सरल शब्द र लोक लवजको लेखाइ प्रयोग गरिएको लेखाइले देश, प्रकृति र बिकास प्रेम झल्किने सङ्गितकार बल्लभले उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार