श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेस विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराए (विज्ञप्ती)

महाधिवेशन प्रतिनिधिको नाम दर्ताको कार्य भोलि सोमबार बिहान ८ बजेबाट दर्ता प्रक्रिया फेरि जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज उद्घाटन भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन २ हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।

विशेष महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता र शुभेच्छुकको उत्साहजनक उपस्थिति रहेको आयोजनकले जनाएको छ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखिमात्र हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो।

व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम शुरू हुनेछ भने १० बजेदेखि बन्द सत्र चालु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया