श्रावण २०, २०८३ बुधबार August 5, 2026

निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौं : प्रचण्ड

आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस ३० गते। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ।

ठूलाठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताउनुभएको हो।

सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गराउनका लागि सूचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताउनुभयो।

संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहोर्‍याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। त्यस अवसरमा उहाँले काठमाडौं उपत्यकाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी समेत गर्नुभयो।

संयोजक दाहालले काठमाडौंको समस्या बुझेका सायमीलगायतका नेताहरु आफ्नो पार्टीमा आएकाले पनि काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी  हुने अवस्था आएको तर्क समेत गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया