श्रावण २०, २०८३ बुधबार August 5, 2026

राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ ।

मकर सङ्क्रान्तिका  अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ  बनाउने बताउनुभएको छ ।

पर्वहरूले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले  बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया