श्रावण २०, २०८३ बुधबार August 5, 2026

गगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

कांग्रेसको चुनाव चिन्ह, चारतारे झण्डासहित आधिकारिक पार्टी सभापति थापा बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ माघ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निवाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ ।

आज (शुक्रबार) बसेको आयोगको बैठकले थापा नेतृत्वको कांग्रेसको कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरेको स्रोतको दाबी छ । योसँगै नेपाली कांग्रेसको चुनाव चिन्ह, चारतारे झण्डासहित आधिकारिक पार्टी सभापति थापा बनेका छन् ।

योसँगै शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति अब पार्टीविहीन अवस्थामा पुगेको छ । आधिकारिक निर्णय आयोगले केहीबेरमा सुनाउने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया