श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलको नेतामा शाही

शाहीलाई ध्वनि मतका आधारमा बहुमतबाट दलको नेता चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलको नेतामा मङ्गल शाही चयन भएका छन्। आज सुर्खेतको वीरेन्द्रनगरमा बसेको नेकपा प्रदेशसभा दलको बैठकले मुगु ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई ध्वनि मतका आधारमा बहुमतबाट दलको नेता चयन गरेको हो।

प्रदेशसभा सदस्यत्रय विद्यमान विष्ट, दुर्गाबहादुर रावत र मङ्गलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतका माध्यमबाट बहुमतका आधारमा शाही दलको नेतामा चयन भएका हुन्। दलको नेतामा प्रदेशसभा सदस्यद्वय रणसिंह परियार र कृष्णबहादुर जिसीको पनि दाबी रहेको थियो।

बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेपछि तीन जनाको दाबी रहेको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेता राजकुमार शर्माले गत मङ्सिर १७ गते दलको नेताबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीमा सहभागी भएपछि उक्त पद रिक्त थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया