काठमाडौँ । यहीँ फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड ज बमोजिम उम्मेदवार हुन अयोग्य रहेको ठहर गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा ५ बमोजिम उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसी ले जानकारी दिए ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रूपमा समेत चेक बाउन्स सम्बन्धी कालोसूचीमा परेकाहरूको विवरणमा रहेको पाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया