श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेस सभापति गगन थापाले गरे मतदान

सबै मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गगनकुमार थापा ले मतदान गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा मतदान नागरिकको महत्वपूर्ण अधिकार भएको बताएका थिए। उनले सबै मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न आग्रह पनि गरेका छन्।

उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवको रूपमा लिनुपर्ने उल्लेख गर्दै जनताको मतबाट नै देशको भविष्य निर्धारण हुने बताए। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि थापाले बताए।

देशभर बिहानैदेखि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदान प्रक्रिया सुरु भएको छ। विभिन्न जिल्लामा मतदाता उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया