श्रावण २०, २०८३ बुधबार August 5, 2026

सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता

दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पछाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन्।

सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले दुईसहित ५१ मतान्तरले अग्रता लिएका छन्।

नेपाली काँग्रेसका खड्काले सात सय ९६ मत ल्याएका छन्। रास्वपाका टेकबहाादुर सिंहले पाँच सय ४५ मत ल्याएर पछ्याइरहेका छन्। नेकपा एमालेका ध्रुव कुमा शाहीले चार सय २७ र नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन्।

यता सुर्खेत क्षेत्र नम्बर २ नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन् । देवकोटाले ३१५ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया