श्रावण २०, २०८३ बुधबार August 5, 2026

कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीको अग्रता

कांग्रेसका हर्षबहादुर बमले ४ हजार २४२ मत सहित पच्छ्याँउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाहीको अग्रता कायमै छ। शाहीलाई नेपाली कांग्रेसका हर्षबहादुर बमले पछ्याइरहेका छन्।

पलाता, पचाल झरना, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाको मतगणना सकिँदा नेकपाका महेन्द्र बहादुर शाहीले एक हजार चार सय ६४ को मतान्तरले अग्रता लिएका छन्।

नेकपाका शाहीले ५ हजार ७४६ मत ल्याउँदा नेपाली कांग्रेसका बमले ४ हजार २४२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका नगिन्द्र शाहीले ४ हजार २१८ मत प्राप्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया