श्रावण २०, २०८३ बुधबार August 5, 2026

शंकर पोखरेल हराएका विपिन आचार्यले निर्वाचन खर्च विवरण आयोगमा बुझाए

विपीन आचार्यको चुनाव खर्च १६ लाख २९ हजार मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीन आचार्य ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। उनी दाङ–२ बाट उम्मेदवार बनेर भारी मतका साथ विजयी भएका थिए।

चुनाव सकिएको एक हप्ताभित्रै आचार्यले खर्च विवरण बुझाएका हुन्। विवरण अनुसार कुल १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको छ, जुन आयोगले तोकेको अधिकतम सीमाभन्दा कम रहेको छ।

आचार्यले खर्च विवरण सात शीर्षकमा प्रस्तुत गरेका छन्। सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा ४ लाख ३५ हजार १२५ रुपैयाँ खर्च भएको छ। यस्तै, सवारी साधन/ढुवानीमा ३ लाख ५९ हजार ३५०, गोष्ठी, अन्तरक्रिया तथा सभा २ लाख १४ हजार ५५, छापा तथा विद्युतीय माध्यममा २ लाख, कार्यालय सञ्चालनमा १ लाख ९७ हजार ३००, र प्रतिनिधि तथा स्वयंसेवक परिचालनमा १ लाख ८९ हजार ६८० रुपैयाँ खर्च भएको देखिएको छ।

निर्वाचन आयोगमा पेश गरिएको यो विवरणले विपीन आचार्य ले चुनावी खर्च पारदर्शी ढंगले व्यवस्थापन गरेको र निर्धारित सीमा भित्र रहँदै निर्वाचन सम्पन्न गरेको पुष्टि गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया