काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलले राष्ट्रिय सभाका बहालवाला तथा प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
दलका अनुसार उक्त कार्यक्रम आज दिउँसो २ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा हुने तय गरिएको छ। कार्यक्रममा संसदीय दलका प्रमुख सचेतकसहित पार्टीका शीर्ष नेतृत्वले नवनिर्वाचित सांसदहरूलाई स्वागत गर्नेछन्।
कार्यक्रममा पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभा को भूमिका तथा आगामी दिनमा संसद्भित्र गर्नुपर्ने सामूहिक प्रयासबारे पनि छलफल हुने जनाइएको छ।
यस अवसरमा बहालवाला सांसदहरूले आफ्नो अनुभव साझा गर्नेछन् भने नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा आवश्यक जानकारी र परामर्श प्रदान गरिने बताइएको छ।
कांग्रेसका अनुसार यस्तो अन्तरक्रियाले संसद्भित्र नयाँ र पुराना सांसदबीच सहकार्य, समन्वय र प्रभावकारी संसदीय अभ्यासलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया