श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो’ : सांसद पराजुली

सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग सक्षात्कार गर्दै उहाँले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“यहाँहरुले प्राप्त गरेको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद पराजुलीले युग परिवर्तन तथा राष्ट्र र सन्ततिको भाविश्य सुनिश्चित गर्न मतदाताले गरेको मत क्रान्तिको हिम्मतप्रति आभार प्रकट गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया