श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ फागुन : नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।

अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१)बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया