काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले पार्टीको १५ औँ महाधिवेशनलाई केन्द्रमा राखेर सबै कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन्। पार्टी सभापति गगन थापा ले राजीनामा दिएको भोलिपल्ट बस्ने तय गरिएको केन्द्रीय समिति बैठक अघि उनले यस्तो आह्वान गरेका हुन्।
महामन्त्री घिमिरेले नेपाली कांग्रेससँग लामो इतिहास, बलिदान र योगदान रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। उनले संस्थापक नेताहरूको योगदान, पार्टीको सिद्धान्त र भविष्यप्रति विश्वास गर्दै सबैले एक भएर अघि बढ्नुपर्ने बताए।
उनका अनुसार विगतका मतभेद र तिक्तताहरूलाई छोडेर साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने समय आएको छ। उनले निरर्थक र अनुत्पादक बहसमा नअल्झिन आग्रह गर्दै पार्टीलाई मजबुत बनाउन एकताबद्ध प्रयास आवश्यक रहेको बताए।
घिमिरेले सबै नेता तथा कार्यकर्तालाई आगामी १५ औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्दै, पार्टीको भविष्यलाई सबल बनाउन अहिलेको एकता निर्णायक हुने बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया