श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वसम्मतिले चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरूलाई दिने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरू, पार्टीको मुख्य सचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतिले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिनुभयो ।

यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मतिले चयन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया