श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमालेको सचिवालय बैठक बस्दै

आन्दोलनका कार्यक्रमबारे निर्णय लिने तथा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषय एजेन्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। पछिल्लो राजनीतिक घटनाक्रमबीच आकस्मिक रूपमा बैठक बोलाइएको भन्दै यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिको परिस्थितिबारे विस्तृत छलफल हुने जनाइएको छ। पार्टीभित्र उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने, आन्दोलनका कार्यक्रमबारे निर्णय लिने तथा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषय एजेन्डामा रहने बताइएको छ।

ओली पक्राउपछि एमालेले यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै आएको छ। पार्टीका शीर्ष नेताहरूले सार्वजनिक रूपमा सरकारको कदमको विरोध गर्दै आएका छन्। सचिवालय बैठकमार्फत औपचारिक धारणा तय गर्दै त्यसअनुसार देशव्यापी कार्यक्रम अघि बढाउने तयारी रहेको स्रोतले जनाएको छ।

यसका साथै बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद् अधिवेशन, पार्टी संगठन सुदृढीकरण र अन्य आन्तरिक विषयहरूमा पनि छलफल हुने बताइएको छ। पछिल्लो घटनाक्रमले राजनीतिक वातावरण थप तातेको अवस्थामा एमालेको आजको बैठकले आगामी दिशा तय गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया