श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमाले संसदीय दलको बैठक बुधबार बस्ने

संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार (चैत १७) बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउका विषयमा संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया