श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बागमती प्रदेशसभाको बैठक यही चैत २४ गतेभित्र बोलाउन कांग्रेसको आग्रह

देश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १७ चैत: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने  निर्णय गरेको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिनुभयो । यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ ।

बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ । यस्तै, हाल कायम प्रदेशको मन्त्रालय सङ्ख्या १४ बाट घटाएर सात वटा कायम गर्न र कार्यान्वयन गर्न सकिने गरी मात्र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय भएको सचेतक महर्जनले बताउनुभयो ।

प्रदेशसभाको रिक्त सभामुखमा दाबी गर्न पार्टीभित्र चर्काे दबाब रहे पनि अन्य दलसँगको सहमतिमा सभामुखको टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यहाँ विगत सात महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत साउन २७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया