श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमाले संसदीय दलको नेतामा राम बहादुर थापा बादल निर्विरोध

नेतृत्वका लागि अन्य उम्मेदवार नउठेपछि थापा निर्विरोध चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा उनी एक्ला उम्मेदवार बनेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि सांसद सुहाङ नेम्वाङले पनि संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने क्रममा आवश्यक प्रस्तावक र समर्थक नपाएपछि उनले उम्मेदवारी दर्ता गर्न सकेनन् ।

नेतृत्वका लागि अन्य उम्मेदवार नउठेपछि थापा निर्विरोध चयन भएका हुन् । अब उनको नेतृत्वमा एमाले संसदीय दलले संसदमा आफ्नो भूमिका निर्वाह गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया