श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतृत्व औपचारिक रूपमा टुंगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले को राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन्। उनलाई संघीय संसदीय दलका नेता रामबहादुर थापा को प्रस्तावमा सर्वसम्मत रूपमा चयन गरिएको हो।

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका दंगाल पार्टीभित्र किसान वर्गको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिन्छन्। उनी अखिल नेपाल किसान महासंघ का अध्यक्षसमेत रहेका छन्।

एमालेभित्र दंगालको चयनलाई राष्ट्रिय सभामा पार्टीको उपस्थितिलाई थप सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ। पार्टीले उनलाई आगामी संसदीय गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

यससँगै राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतृत्व औपचारिक रूपमा टुंगिएको ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया