बैसाख ८, २०८३ मंगलबार April 21, 2026

रास्वपा संसदीय दलको बैठक भोलि बस्नेगरी आह्वान

संसदीय समितिहरूको सभापति चयन प्रक्रिया मुख्य एजेन्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक भोलि बस्नेगरी आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार बैठक दिउँसो १२:१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

उक्त बैठकमा संसदीय समितिहरूको सभापति चयन प्रक्रिया मुख्य एजेन्डाका रूपमा रहनेछ । भोलिनै समितिका सभापतिका लागि मनोनयन दर्ता गर्ने कार्यसूची तय गरिएको जनाइएको छ ।

यसका साथै बैठकमा समसामयिक राजनीतिक विषय, संसदीय गतिविधि र आगामी रणनीतिबारे समेत छलफल हुने बताइएको छ । संसदीय समितिहरूको नेतृत्व चयनलाई महत्वका साथ हेरिएको रास्वपाले आन्तरिक तयारीलाई तीव्र बनाएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया