बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

सरकारको निर्णय एकातिर, शिक्षण संस्था पढाइतिर

उपत्यकाका स्थानीय निकाय डराए, बाहिरका स्थानीय तहले धमाधम विद्यालय खोल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारको निर्णयविपरीत केही स्थानीय तहले विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गरेका छन् । राजधानीकै केही विद्यालयले ९ गतेबाट पढाइ सुरु गर्ने तयारी गरिरहेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, स्थानीय तहले सो निर्णयविपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् । अर्थात् पछिल्लो समय सरकारको निर्णयको बर्खिलाफमा निर्णय एकातिर शिक्षण संस्थाको ध्यान पढाइतिर हुन थालेको छ ।

केही स्थानीय तहले भर्ना सुरु गरे पनि काठमाडौं र ललितपुर महानगरपालिका र उपत्यकाका १८ स्थानीय तहले भर्ना खोल्ने गरेका छैनन् । पाँच दिनअघि ललितपुर महानगर शिक्षा समितिको बैठकमा मेयर चिरिबाबु महर्जनले कहिलेबाट विद्यालय सञ्चालन गर्ने भन्ने विषयमा केही निर्णय गर्न सक्नुभएन ।

तर, ललितपुर महानगरक्षेत्रका निजी विद्यालयले १५ गतेबाट विद्यालय खोल्ने तयारी गरिरहेका छन् । केही विद्यालयलले त भर्ना सकेर विद्यालय खोल्ने दिन कुरेर बसेका छन् । काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले पनि कहिलेदेखि विद्यालय खोल्ने भन्ने विषयमा निर्णय गर्न सक्नुभएको छैन ।

कामपा शिक्षा विभागले ९ गतेबाट भर्ना सुरु गरेर १५ गतेबाट पठनपाठन गर्ने तयारी गरेको छ । त्यसका लागि क्यालेन्डर तयार भइसकेको कामपा शिक्षा विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सम्भवतः वैशाख १५ बाट कक्षा सुरु गर्नेगरी आन्तरिक तयारी गरेका छौं ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संविधान उलंघन गर्दै वैशाख २ गतेको भर्ना अभियानलाई २१ वैशाख पु¥याएको छ ।

संविधानको धारा ३१ मा शिक्षासम्बन्धी व्यवस्था उल्लेख छ । अनुसूची ८ मा धारा ५७ को उपधारा ४, धारा ११४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा १२६ को उपधारा १ सँग सम्बन्धित २२ विषयलाई स्थानीय तहको अधिकार सूचीभित्र समावेश गरेको छ । अनुसूचीको बुँदा नं. ८ मा आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएको तीन सातामै भर्ना अभियानको मितिदेखि शुल्कसम्मको निर्णय गरेको थियो । यसले शिक्षा क्षेत्रमा विवाद सिर्जना गरेको छ । प्याब्सन, नेसनल प्याब्सन र हिसानले विरोध जनाएको छ । ती संस्थाले वैशाख २ बाट भर्ना अभियान सञ्चालन गर्न माग गरेका छन् भने १५ गतेबाट पठनपाठन सुरु गर्न आग्रह गरेका छन् ।

तीनैवटा संस्थाले हिजो बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई ध्यानाकर्षपत्र बुझाएका थिए । शिक्षा नियमावली नियम ८४ को उपनियम १ र ५ प्रभावित हुनेगरी वैशाख २१ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । सोहीअनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

सरकारले निर्णय भएको दुई दिन बित्न नपाउँदै दर्जन बढी स्थानीय तहले भर्ना अभियान सुरु गरिसकेका छन् भने केहीले वैशाख १५ बाट पठनपाठन गर्ने निर्णय गरिसकेको छ । नेपाल नगरपालिका संघले सरकारले संवैधानिक अधिकार हस्तक्षेप गरेकोमा विरोध जनाएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले हिजो बुधबारदेखि भर्ना र पठनपाठन सञ्चालन गर्ने सूचना निकालेको छ । बन्दीपुर गाउँपालिकाले २ वैशाखदेखि ८ गतेसम्म भर्ना र ९ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ७ गतेदेखि विद्यालयमा विद्यार्थी भर्ना कार्यक्रम सुरु र १० गतेदेखि नियमित पठनपाठनका कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्युठानको झिमरुक गाउँपालिकाले पनि विद्यार्थी भर्ना अभियान सुरु गरेर १० गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो बिहीबार पनि केही स्थानीय तहले १० गतेदेखि पढाइ सुरु गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय निकायलाई पेलेर जान खोजेपछि स्थानीय तहले पनि आफ्नो अधिकार प्रयोग गरी २ गतेबाट भर्ना अभियानसँगै १० गतेबाट पढाइ सुरु गर्ने तयारी गरेको छ ।

देशका अधिकांश निजी विद्यालयले लगभग भर्ना गरिसकेका छन् भने सामुदायिक विद्यालय सरकारको निर्णयको प्रतीक्षामा छन् । सामुदायिक विद्यालयले पछि स्थानीय तहले दिएको निर्देशनअनुसार पठनपाठन सुरु गर्ने प्रक्रिया थालेको छ ।

प्याब्सन काठमाडौंले वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने, वैशाख ७ गतेबाट पूर्वतयारी कक्षा सञ्चालन गर्ने र वैशाख १५ बाट नियमित कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ । प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले सरकारले गरेको निर्णय गलत भएको आरोप लगाउँदै १५ गतेबाटै पढाइ सुरु गर्ने बताउनुभयो ।

राष्ट्रिय प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले शैक्षिक क्यालेन्डर डमाडोल हुने गरी गरेको निर्णय मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबैको सहमति नभई हचुुवाको भरमा शैक्षिकसत्र परिवर्तन गर्न मिल्दैन ।’ नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार