बैसाख ६, २०८३ आइतबार April 19, 2026

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने

महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो ।

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, रास्वपा सचिवालय बैठक आज अपराह्न ३ः३० बजे बस्दैछ । बैठकले केन्द्रीय समिति बैठकका ‘एजेण्डा’ तय गर्ने जनाइएको छ । बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
२०८३ बैसाख ६, आइतबार
खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै
२०८३ बैसाख ६, आइतबार
रोबोटले तोड्यो मानव कीर्तिमान
२०८३ बैसाख ६, आइतबार
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
२०८३ बैसाख ६, आइतबार
अब घरबाटै एनओसी: वैदेशिक अध्ययन अनुमति पूर्ण रूपमा अनलाइन, त्रिवि–केयूसँग प्रणाली जोडियो
२०८३ बैसाख ६, आइतबार
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेटवार्ता
२०८३ बैसाख ६, आइतबार
मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
२०८३ बैसाख ६, आइतबार