बैसाख ८, २०८३ मंगलबार April 21, 2026

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

समितिले सुरुमा संविधानको शुक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।

पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्रीद्धय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी हुनुभएको थियो ।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराउनु भएको थियो ।

संविधान बनेको १० बर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरु संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उहाँले सुझाव दिनु भएको थियो ।

समितिले सुरुमा संविधानको शुक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला काँग्रेसले पनि गृहकार्य सुरु गरेको हो ।

सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी विहिबार बस्ने तय गरिएको छ ।

काँग्रेसले बनाएको समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम वहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरवहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र वहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितवहादुर बस्नेत, अधिवक्ताहरु रनवहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार