असार ५, २०८३ शुक्रबार June 19, 2026

काँग्रेस संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ताको समय परिवर्तन

उम्मेदवारी दर्ता गर्ने समय दिउँसो ३ देखि ४ बजेसम्मका लागि तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय परिवर्तन भएको छ।

बिहीबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ताको समय परिवर्तन गरेको हो। यसअघि वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो।

संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दिउँसो ३ देखि ४ बजेसम्मका लागि तय गरिएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया