बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

आज हुने मनोनयन र मतदान प्रक्रियापछि नेपाली कांग्रेस संसदीय दलले नयाँ नेता पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढेको छ। निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ भने आजै अपराह्न ३ बजे दलका नेताका लागि उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार मतदान आजै अपराह्न ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। संसदीय दल नेताका लागि पूर्व सहमहामन्त्रीहरू अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य आकांक्षी देखिएका छन्।

यद्यपि, केसीले सहमति कायम भएमा मात्र नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै आएका छन्। उनले सहमति नभई प्रतिस्पर्धा हुने अवस्थामा आफू चुनावमा नउत्रिने संकेत दिएका छन्।

यसैबीच बिहिबार नै बसेको कांग्रेस सांसदहरूको बैठकले संसदीय दलसम्बन्धी विधान पारित गरेको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार उक्त विधान अनुमोदनका लागि पार्टीसमक्ष पठाइसकिएको छ।

आज हुने मनोनयन र मतदान प्रक्रियापछि नेपाली कांग्रेस संसदीय दलले नयाँ नेता पाउने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया