बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना

आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेकोमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ११  गते ।  नेपाली कांग्रेस सभापति गगनकुमार थापाले लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र भएको बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नभई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताउनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया