बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

आजै अपराह्न ३ बजेदेखि संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। केहीबेर अगाडीबाट जारी बैठकमा मुख्य रूपमा संसदीय दलको विधानबारे गहन छलफल भइरहेको जनाइएको छ।

आजै नेपाली कांग्रेस संसदीय दल को नेताका लागि चुनाव हुने कार्यतालिका तय गरिएको छ। सोही तयारीअन्तर्गत कार्यसम्पादन समितिले विधानका प्रावधान, प्रक्रिया र चुनाव सञ्चालनसम्बन्धी विषयहरूमा छलफल गरिरहेको छ।

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार अपराह्न ३ बजेदेखि संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ। उम्मेदवारी दर्ता सम्पन्न भएपछि छोटो समयमै मतदान प्रक्रिया अघि बढाइने तयारी छ।

पार्टीभित्र संसदीय दलको नेता चयनलाई विशेष महत्त्वका साथ हेरिएको छ, किनकि यही पदले संघीय संसदमा दलको नेतृत्व गर्ने गर्दछ। त्यसैले बैठकमा नेताको चयन प्रक्रिया पारदर्शी, व्यवस्थित र विवादरहित बनाउन विशेष जोड दिइएको स्रोतले जनाएको छ।

यसअघि मतदाता नामावली टुंग्याउनेदेखि निर्वाचन कार्यतालिका तय गर्ने कामहरू सम्पन्न भइसकेका छन्। अबको मुख्य ध्यान उम्मेदवारी दर्ता र मतदान प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्नेमा केन्द्रित रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया