बैसाख १५, २०८३ मंगलबार April 28, 2026

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे

जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर), १४ वैशाख: नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पार्टी आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग उहाँले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको र त्यस्तो कार्यमा पार्टीको असहमति रहने बताउनुभयो ।

“एकातिर अधिवेशन बोलाइसकेपछि स्थगित गरिएको छ, अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा चलिरहेको छ, त्यसो गर्नु मर्यादित कदम होइन । जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समिति बैठकका विभिन्न निर्णयबारे जानकारी दिनुभएको थियो ।

प्रवक्ता चालिसेले पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धि भएको अवस्थामा सहुलियत दिने तथा गत भदौ २३ र २४ को जेनजी आन्दोलनका घटनामा भएको क्षतिको अनुसन्धान गर्नेतर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया