काठमाडौँ, १७ वैशाखः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गर्नुभएको छ ।
नेता कोइरालाले आज बालुवाटारमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, सांसद, बागमती प्रदेशका कार्यसमिति, जिल्ला सभापतिलगायतसँग छलफल गर्नुभएको हो ।
उहाँले मुलुक र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गर्नुभएको नेता कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।
छलफलमा सहभागीले पार्टीको १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने बताएका थिए । अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको उनीहरुको भनाइ थियो ।
छलफलमा डा शशाङ्क कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, सञ्जय गौतम, शिव हुमागार्इँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजङ्ग रायमाझी, डा गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा लगायतको सहभागिता थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया