बैसाख १९, २०८३ शनिबार May 2, 2026

मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ

वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति घट्दै गएकामा चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, १९ वैशाखः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँेले सञ्चारमाध्यमले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपने बताउनुभएको छ ।

भक्तपुरमा आज सम्पादकीय सङ्कलन (तेस्रो खण्ड) र एक क्षण (समसामयिक टिप्पणी सङ्कलन) नामक दुई पुस्तकको विमोचन गर्दै अध्यक्ष बिजुक्छँेले सरकारले गर्ने हरेक कामलाई हेरेर त्यसमा भएका कमीकमजोरीलाई मिडियाले औँल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति घट्दै गएकामा चिन्ता व्यक्त गर्दै युवामा आलोचनात्मक दृष्टिकोणको भावना बढाउनुपर्ने खाँंचो रहेको बताउनुभयो । सरकार गर्ने गल्ती कमजोरीमा युवाले औँला ठड्याउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पार्टीहरू विचार र सिद्धान्तमा अडिग रहेर देशको भविष्यप्रति चिन्ता गर्दै दिशानिर्देश गर्नेहरूको समूह हुने भन्दै नेपाल मजदुर किसान पार्टीले त्यो काम गरिरहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया