असार ५, २०८३ शुक्रबार June 19, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु

सदस्यता अद्यावधिक नगर्ने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको अडानबारे छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।

पार्टीले चलाइरहेको सदस्यता अद्यावधिक नगर्ने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको अडानबारे पनि छलफल केन्द्रित छ।

यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया